३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद् सदस्यहरुको हेरफेरका कारण सोमबार नियमित बस्नुपर्ने मन्त्रिपरिषद्को बैठक आज बस्न लागेको हो । यद्यपि प्रधानमन्त्रीको सचिवालयले आजको बैठकलाई नियमित भनेको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको थियो । नेकपा (एकीकृत समाजवादी) बाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् हेरफेर भएको थियो । मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरिसक्नुभएको छ ।

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ, श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी नयाँ मन्त्रिपरिषद्मा समावेश हुनुभएको हो ।