• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ



लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ ।

गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दत्र्ता गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।