२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि बस्दै



अ+ अ-

काठमाडौं । सत्ता साझेदार (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ ।

सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएको छ । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ ।

प्रतिवेदनमा वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम–लोकतान्त्रिक’ गरी दुई धारमा व्याख्या गरिएको छ ।

प्रतिवेदनमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ भने मूलतः संविधान लेखनमा सहकार्य गरेका दल संविधान कार्यान्वयनमा पनि एकताबद्ध हुनुपर्ने भनिएको छ ।

बैठकमा अध्यक्ष नेपालले नेकपा (एमाले) नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् भने एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रूपमा व्याख्या गरेका छन् ।

उनले ‘वाम–लोकतान्त्रिक धार’मा रहेका शक्तिको वर्गाधार र वर्ग चरित्र फरक रहे तापनि संविधानको कार्यान्वयन र राजनीतिक स्थिरताका लागि आजको आवश्यकता भएको उल्लेख गरेका छन् ।

देशभरबाट करिब एक हजार ५०० सहभागी केन्द्रीय परिषद्मा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित पारित हुनेछ ।