२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोधनान्तर घाटाको स्थिति आउनुमा ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवारः प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।

सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद: चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा बोल्दै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालिन अर्थमन्त्री युवराज खतिवडा भएको बताउनुभएको हो ।

उहाँले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आफू वामपन्थी तथा कम्युनिष्ट एकताको पहलकर्ता रहेको उल्लेख गर्दै बुर्जुवासँग मिलेर समाजवादको कुरा गरेको भन्न नमिल्ने बताउनु भयो । उहाँले देशमा भएको राजनीतिक परिवर्तनलाई मन नपराउनेहरुले परिवर्तन अनुरुपको ऐन, कानून निर्माण गर्न नचाहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो – ‘हाम्रो अगाडी उहाँले जो शोधनान्तर घाटाको कुरा गर्नुभयो । त्यो शोधनान्तर घाटाको आज जो स्थिति छ, त्यसको प्रणेता, त्यसको जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो ।

समाजवादको कुरा गर्ने, समाजवादतिर जाने कुरा गर्ने हामीले गरेको होइन ? वामपन्थीहरुको एकता, कम्युनिष्टहरुको एकताबाट स्थायित्व र समाजवादतिर जाला, भ्रष्टाचार नियन्त्रण होला । जनतालाई प्रत्यक्ष राहत हामीले घोषणापत्रमा जे भनेका थियौँ त्यतैतिर जाला भनेर त्यो पहल गर्ने हाम्रो अगाडी, अझ मेरो अगाडी भन्छु म चाहीँ । त्यो पहलकर्ताको अगाडी बसेर उहाँले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ ? भन्न मिल्छ ?’

अध्यक्ष दाहालले विगतमा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा एमसीसीको बारेमा अध्ययन गर्न आयोग बनाउने प्रश्ताव आफूले राखेको कुरा हेक्का राख्न आग्रह गर्नुभयो । उहाँले एमसीसीलाई व्याव्यात्मक घोषणामार्फत पारित गरेको उल्लेख गर्दै एसपीपीलाई खारेज गराउन आफुहरुले नेतृत्वदायी भुमिका खेलेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘झलनाथजीलाई म के सम्झाउन चाहान्छु भने एमसीसी बारे दस्तावेजिकरण गर्ने, पहिलो दस्तावेज लेख्ने मैले लेखेको हो । एमसीसी बारे अध्ययन गर्नुस् भनेर झलनाथजीको नेतृत्वमा आयोग बनाउने प्रस्तावपनि मैले नै राखेको हो । झलनाथजीलाई यो हेक्का होला । यो हेक्का रहोस् । यो हेक्का रहनु जरुरी छ । एसपीपीलाई खारेज गराउनेमा नेतृत्वको भुमिका हामिले नै खेलेको हो । यो सत्यलाई कसैले इन्कार गर्न सक्दैन । इन्कार गर्न हुँदैन पनि ।’

उहाँले कम्युनिष्टहरु हरेक विषयको वैज्ञानिक ढंगले विश्लेषण, संश्लेषण गर्न सक्षम हुने बताउनु भयो । उहाँले कम्युनिष्टहरु बिग्रिएमा बिग्रिएको अण्डाजस्तै हुने टिप्पणी पनि गर्नुभयो ।