काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले टोटेनहमलाई पराजित गरेको छ ।
शनिबार साँझ क्रिस्टल प्यालेसको घरेलु मैदान सेल्हट्र्स पार्कमा भएको खेलमा प्यालेसले टोटेनहमलाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेलको ७६ औं मिनेटमा विल्फर्ड जाहाले पेनाल्टीमा गोल गर्दै प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै क्रिस्टल प्यालेसबाट डेब्यु गरेका ओड्सन एडवार्डले २ गोल गरे । ८४ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा क्रिस्टियन बेन्टेकेको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका उनले ८४ औं र ९०+३ मिनेटमा गोल गरेका हुन् ।
यता खेलको ५८ औं मिनेटमा टोटेनहमका जापेट टंगनाले रातो कार्ड खाएपछि टोटेनहम १० खेलाडीमा सिमित बनेको थियो ।











