७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्पूर्ण ध्यान लगाउन कार्यकर्तालाई नेपालको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता तथा कार्यकर्ताहरुलाई अब सम्पूर्ण ध्यान आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लगाउन निर्देशन दिनुभएको छ ।

उहाँले अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा लाग्न र १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी तयारी गर्न निर्देशन दिनुभयो । उहाँले सातै वटा प्रदेशसभाका निर्वाचन क्षेत्रमा समेत उम्मेदवार तयार गर्न निर्देशन दिनुभयो ।

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकको सोमबार उद्घाटन गर्दै उहाँले पार्टीले निर्वाचनमा अधिकतम सफलता हासिल हुनेगरी वातावरण बनाउनुपर्ने र त्यसका लागि प्रत्येक कार्यकर्ता जनताको घरघरमा पुग्नुपर्ने बताउनुभयो ।

साथै उहाँले पार्टीलाई वडा तहसम्म विस्तार गर्न निर्देशन दिनुभयो । स्थानीय तहको निर्वाचनमार्फत पार्टी संगठन ६० प्रतिशत वडामा पुगेको उहाँको दाबी थियो ।