८ असार २०८३, सोमबार
,
Latest
पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हिरा केसी स्वास्थ्य तथा जनसंख्या राज्मन्त्रीमा हिजो आइतबार नियुक्त हुनुभएको हो ।

पार्टीले यसअघिका चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । फिर्ता हुने मन्त्रीहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ हुनुहुन्छ । यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहनुभएका भवानी खापुङ अहिले मन्त्री बन्नुभएको छ ।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।