२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट दुई विधेयक स्वीकृत



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएको छ । आजको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान, २०७८ विधेयक र राष्ट्रियसभाबाट भएको संशोधनसहितको लोकसेवा आयोगसम्बन्धी विधेयक, २०७५ स्वीकृत भएको हो ।

आजको अघिल्लो बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आधा घण्टाका लागि बैठक स्थगन भएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले राष्ट्रि«यसभाबाट प्राप्त लोकसेवा आयोगसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सोमाथि सैद्धान्तिक छलफल भएको थियो ।

छलफलमा भाग लिँदै सांसदहरूले लोकसेवा आयोगलाई सबै प्रदेशमा समानुपातिकरूपमा विस्तार गरिनुपर्ने, प्रदेश लोकसेवा आयोगसँगको सम्बन्ध, परीक्षा सञ्चालनमा समन्वय, मुलुकमा दक्ष जनशक्ति र कर्मचारी उत्पादनमा ध्यान दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।