१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो खसेपछि काठमाडौं–मुग्लिन सडक अवरुद्ध



file
अ+ अ-

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

दिउँसो साढे १२ बजेतिर झरेको पहिरोले काठमाडौं–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण मुग्लिनतर्फ जाने र काठमाडौंतर्फ आउने सवारी साधन सडकमै जाममा परेका छन् ।