२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री आलेले दिए राजीनामा



फाइल फोटो
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेका आलेले आफ्नो राजीनामा पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् ।

उनले शुक्रबार ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेअनुरुप अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको बताइएको छ ।

यसैबीच मन्त्री आलेले आफू मन्त्री पदमा रहँदा भएका कामको विवरण सार्वजनिक गर्ने तयार गरेको समाचार छ ।

यसअघि एकीकृत समाजवादीबाट मन्त्री भएका आलेसहित विरोध खतिवडा, रामकुमारी झाँक्री र किसान श्रेष्ठ तथा छ जना सांसदले पार्टी अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्री हेरफेर गर्ने पार्टी निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

तर पछि मन्त्री आलेसहित हस्ताक्षर गर्ने जनाले आफ्नो नाम फिर्ता लिएका थिए ।