४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री आलेले दिए राजीनामा



फाइल फोटो
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेका आलेले आफ्नो राजीनामा पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् ।

उनले शुक्रबार ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेअनुरुप अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको बताइएको छ ।

यसैबीच मन्त्री आलेले आफू मन्त्री पदमा रहँदा भएका कामको विवरण सार्वजनिक गर्ने तयार गरेको समाचार छ ।

यसअघि एकीकृत समाजवादीबाट मन्त्री भएका आलेसहित विरोध खतिवडा, रामकुमारी झाँक्री र किसान श्रेष्ठ तथा छ जना सांसदले पार्टी अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्री हेरफेर गर्ने पार्टी निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

तर पछि मन्त्री आलेसहित हस्ताक्षर गर्ने जनाले आफ्नो नाम फिर्ता लिएका थिए ।