२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौमा पाकिस्तान ल्याण्ड अफ एडभेन्चर एन्ड नेचर’ कार्यक्रम



अ+ अ-

काठमाडौं । पाकिस्तान स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित पाकिस्तानी राजदूतावासले शुक्रबार ‘पाकिस्तान ल्याण्ड अफ एडभेन्चर एन्ड नेचर’ कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा कूटनीतिक समुदाय, सेवारत तथा अवकाशप्राप्त सरकारी अधिकारी, बुद्धिजीवी, पत्रकार, लेखक, विश्लेषकलगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको दूतावासले जनाएको छ ।

होटल याक एण्ड यति, दरबारमार्गमा भएको सो कार्यक्रमको उद्देश्य पाकिस्तानी संस्कृतिलाई उजागर गर्नु र विशेषगरी नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नु रहेको जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्धबारे प्रकाश पार्नुभएको थियो ।