• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना ★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश

बेँसीसहर–चामे सडक बन्द



लमजुङ । बेँसीसहर–चामे सडकखण्ड बन्द गरिएको छ । यस सडकखण्डको सल्लाघारी भिरमा सडक ढलान गर्नका लागि आज बिहान ६ बजेदेखि १३ गते साँझ ६ बजेसम्मका लागि सडक बन्द गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–२ सल्लाघारीमा साँघुरो सडक रहेकाले ढलान गर्नका लागि सवारीसाधन पूर्णरुपमा बन्द गरिएको छ ।’’

उक्त गाउँपालिकाको विभिन्न ठाउँमा उक्त आयोजना कार्यालयमार्फत ठेक्कामा ढलान कार्य भइरहेको छ । गाउँपालिकाले ढलान सहजरुपमा गर्नका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएकामा उक्त कार्यालयले बुधबार एक सूचना जारी गर्दै सडक बन्द गरी ढलान कार्यमा सहज बनाउन बाटो बन्दगरेसँगै दुई दिन सडक बन्द गरिएको हो । यहाँ पैदल यात्रुबाहेक सबै प्रकारका सवारी साधनलाई आवतजावत गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

सल्लाघारीमा एक दम गाह्रो ठाउँ रहेछ, तल र माथि ठूलो भिरका बीचमा सडक रहेको र साँघुरो सडकका कारण जोखिम हुने भएकाले सवारीसाधन पूर्णरुपमा बन्द गरी ढलान सुरु गरिएको हो । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत यहाँ २० मिटर सडक ढलान हुने कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका इञ्जिनीयर अधिकारीले जानकारी दिनुभयो ।

हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो तर पछि जनयुद्ध र अन्य विविध कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ देखि निर्माण गर्ने पुनःजिम्मेवारी प्राप्त ग¥यो । तत्कालीन नेपाली सेनाले शान्ति प्रक्रियपछि मात्र सडक निर्माणलाई निरन्तरता दिँदै बाँदरसमेत लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाउँदै विसं २०६९ मा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी छ । यस सडकमा दैनिक दर्जनाँै जीप, साना तथा मालवाहक सवारीसाधन गुड्ने गर्दछ । सवारीसाधन नचल्दा यात्रु मर्कामा पर्ने गरेको छ ।