७ श्रावण २०८३, बिहीबार
,
Latest
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा



अ+ अ-

खाँदबारी, (सङ्खुवासभा) । मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबलाई २–१ गेलले हराउँदै बुल्स–११ सेमिफाइनलमा पुगेको हो । बुल्सका लागि रोशनकुमार माझीले दोस्रो हाफको सातौँ मिनेटमा र ३०औँ मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीतलपाटीका तर्फबाट पहिलो हाफको ३०औँ मिनेटमा विजय भुजेलले सान्त्वना गोल गरेका थिए ।

शनिबार भएको अर्को खेलमा एड्भान्स क्लबको तर्फबाट पहिलो हाफको तेस्रो मिनेटमा वसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिलाए । खेलको ३०औँ मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी गरे । दोस्रो हाफमा चुलाचुलीका तीर्थ बस्नेतले अर्को गोल थपेर आफ्नो टोलीलाई विजयी बनाए ।

यसअघि एपिएफ कोशी प्रदेश र आयोजक तीनपोखरी क्लब सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा जिल्ला बाहिरका तीन र जिल्लाभित्रका पाँच क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित रु दुई लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले नगद रु एक लाख १० हजार पाउने छ भने सेमिफाइन पुगेका दुई टोलीले रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोेगिताको फाइनल खेल आगामी माघ १ गते हुनेछ । रासस




भर्खरै