१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पुस्तामा लागु औषध दुर्व्यसनी बढ्योः गृहमन्त्री



file
अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा भएको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसरार बिरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताउनुभएको हो ।

उहाँले लागु पदार्थको दुव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताउनु भयो । मन्त्री खाँणले लागु औषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताउनु भयो । उहाँले युवा पुस्तालाई दुव्र्यसनबाट कसरी बचाउने भन्नेकुरा सरकार र समाज सबैको दायित्व भएको पन बिताउनु भयो ।

गृहमन्त्री खाँणले लागु औषध दुव्र्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताउनु भयो । उहाँले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लागुपदार्थ चुनौतीको रुपमा अघि बढेको छ । लागु पदार्थको दुव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ । आज सबैभन्दा बढी प्रभाग युवा पुस्तामा परिरहेको छ । हाम्रो युवा पुस्तालाई दुव्र्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो । सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध छ ।

आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्नेछ । आज बाट नै लागु पदार्थबाट मुक्त हुनुहोस् ।’ गृहमन्त्री खाँणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागु पदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशत भन्दा बढी पुगिसकेको र लागुपदार्थ अपराधमा दोषी ६ हजार भन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गर्नुभयो ।