६ पुष २०८२, आईतवार
,
Latest
तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पुस्तामा लागु औषध दुर्व्यसनी बढ्योः गृहमन्त्री



file
अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा भएको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसरार बिरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताउनुभएको हो ।

उहाँले लागु पदार्थको दुव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताउनु भयो । मन्त्री खाँणले लागु औषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताउनु भयो । उहाँले युवा पुस्तालाई दुव्र्यसनबाट कसरी बचाउने भन्नेकुरा सरकार र समाज सबैको दायित्व भएको पन बिताउनु भयो ।

गृहमन्त्री खाँणले लागु औषध दुव्र्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताउनु भयो । उहाँले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लागुपदार्थ चुनौतीको रुपमा अघि बढेको छ । लागु पदार्थको दुव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ । आज सबैभन्दा बढी प्रभाग युवा पुस्तामा परिरहेको छ । हाम्रो युवा पुस्तालाई दुव्र्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो । सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध छ ।

आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्नेछ । आज बाट नै लागु पदार्थबाट मुक्त हुनुहोस् ।’ गृहमन्त्री खाँणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागु पदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशत भन्दा बढी पुगिसकेको र लागुपदार्थ अपराधमा दोषी ६ हजार भन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गर्नुभयो ।