१० भाद्र २०८३, बुधबार
,
Latest
सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा



Navin Sriwastava
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव
अ+ अ-

काठमाडौंः नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुग्नुभएको छ ।

शनिबार अपरान्ह काठमाडौँ ओर्लनु भएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपाल स्थित भारतीय दूतावासले बताएको छ ।

काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

May be an image of 2 people, people standing and rose

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नु भएको बताइएको छ । साथै उहाँले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको पनि अनुभव छ ।

राजदूत श्रीवास्तवले राष्ट्रपति बिद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए पछि औपचारिक जिम्मेवारी सम्हाल्नु हुनेछ ।