२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिवालय बैठकको निर्णय सर्वसम्मत पारित



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ ।

उक्त सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका अनुसार महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्नुभएको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । उक्त प्रतिवेदनमा मुलुकको वर्तमान अवस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तु समावेश छन् ।

राष्ट्रिय विषयमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि गठबन्धनको औचित्य र आवश्यकताबारे प्रतिवेदनमा प्रष्ट पारिएको छ । सो प्रतिवेदनलाई यही १३ गते बस्ने केन्द्रीय परिषद् बैठकमा छलफल गरिने छ ।

बैठकले पार्टीका चार केन्द्रीय सदस्य लोकबन्धु काङ्दङ्वा झापा, तरकबहादुर शाही दैलेख, राज्यलक्ष्मी बम मल्ल मुगु र नारद मलासी डोटीलाई साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

उनीहरूले स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशन विपरित कार्य गरेको भन्दै बैठकले कारवाही गरेको हो । त्यसैगरी पार्टीको केन्द्रीय सदस्यमा कपिलदेव पटेल, पिताम्बर तिमिल्सिना, तोलाराम विष्ट र शङ्कर कुँवरलाई मनोनित गरेको छ ।