• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एसका ६ सांसदले लिए हस्ताक्षर फिर्ता



file photo

काठमाडौं । मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा (एकीकृत समाजवादी)का १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।

‘८ बुँदे मागसहित दलको बैठक बोलाइयोस भनी पेस गरेको पत्रमा हामी तपसिलका सांसदहरूको समेत हस्ताक्षर रहेकोमा उक्त हस्ताक्षर फिर्ता लिएका छौं,’ पत्रमा उल्लेख छ ।