२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई मारिए, कैयौँ घाइते



अ+ अ-

एजेन्सी । यहाँस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन् ।

नाइटक्लबमा धेरै गोली चलाइएको र धेरैजना गम्भीर घाइते भएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको कारण स्पष्ट भइनसकेको तथा घटनाको छानबिन भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

बन्दुक हिंसाबाट अति प्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा उक्त घटना भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ कानुन पारित गरेको हो ।

टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि शुक्रबार १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुने क्रममा छ ।

उनान्चालीस करोड अमेरिकीसँग बन्दुक रहेका तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको थियो ।