२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन हुन पुग्योः ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताउनु भएको हो । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बडो दुखका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि गर्नुभयो ।

पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दूरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निश्काशन गरेपनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दावी थियो । उहाँले भन्नु भयो, ‘हामीले प्रचण्डलाई लखेटेको होईन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन ।

एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन । र, बेईमानपूर्ण ढंगले हटनु भयो । एकताको निम्ति बनाईदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दूरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्नु भयो । पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत एकता, अनेकता के गरेको हो ? तपाईहरु आफै विचार गर्नुस् । पार्टी अध्यक्षमाथि गम्भिर आरोपको पुलिन्दा बनाउनु भयो उहाँले । र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नु भयो उहाँहरुले । यो बडो दुःखद् कुरा थियो ।’

ओलीले चरम सत्ताको दूरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परेपनि आगामी दिनमा जित सुनिश्चित रहेको दावी गर्नु भयो । पपुलर मत संख्यालाई हेर्ने हो भने अहिले पनि आफ्नो पार्टी नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको उहाँले दोहो¥याउनु भयो । अध्यक्ष ओलीले समाजवादको यात्रा तय गर्ने विचार, संगठन र योजना आफ्नो पार्टीसँग मात्रै रहेको जिकीर गर्नु भयो ।