• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति

सेबोन र पूँजीबजार सुधार संघर्ष समितबीच १९ बुँदे सहमति, कोइरालाले तोडे अनसन



काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) र पूँजीबजार सुधार संघर्ष समितिबीच १९ बुँदे सहमति कायम भएको छ ।

पूँजीबजार सुधार र विस्तारको माग राख्दै आमरण अनसन बसेका संघर्ष समितिका संयोजक तिलक कोइरालाले सहमति भएपछि अनसन तोडेका छन् । पूँजीबजार सुधारको माग राख्दै उनी विगत १० दिनदेखि सेबोन कार्यालय अगाडि आमरण अनसनमा बसेका थिए ।

सहमति अनुसार अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पूँजीबजारका समस्या अध्ययन गर्न गठन गरेको अध्ययन समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न ग राउन पूँजीबजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गरिनेछ ।

त्यस्तै गैरआवासीय नेपालीहरुलाई पूँजीबजारमा लगानीको वातावरण तयार गर्न हाललाई विदेशमा काम गर्ने श्रमिकहरुलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण गर्ने काम अन्तिम चरणमा रहेकाले आगामी २०७९ साउनदेखि कार्यान्वयनमा आउने सहमति भएको छ ।

सेबोन र पूँजीबजार संघर्ष समितिबीच भएको सहमतिको बुँदा यस्तो छ :