९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति नर्भिक इन्टरनेशनल हस्पिटलमा



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल आउनुभएको छ । दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उहाँ नर्भिक इन्टरनेशनल अस्पताल आउनुभएको हो ।

अस्पताल आएर उहाँले नियमित स्वास्थ्य जाँच गर्नुभएको थियो । सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहनुभएको थियो । उहाँलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए ।

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो । सो क्रममा उहाँको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरुले बताएका छन् ।