२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादीको अवस्थामा योगेशको टिप्पणी: आत्माबोध र पश्चाताप, सिर्फ कहिले ?



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले उबेला पार्टी विभाजनको औचित्य छैन भनी माधवकुमार नेपाललाई दिएको तर्क अहिले नेकपा (एकीकृत समाजवादी) मा देखिएको अवस्थाले पुष्टि गरेको बताउनुभएको छ ।

उहाँले अहिले नेकपा (एकीकृत समाजवादी) भित्र देखिएको विवादबारे सामाजिक सञ्जालमार्फत सो टिप्पणी गर्नुभएको हो ।

एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पार्टी अध्यक्ष नेपाललाई संसदीय दलको नेताबाटै हटाउने र सम्भव भए पार्टी नै विभाजन गर्ने गरी चुनौती दिएपछि एमाले सचिव भट्टराईको सो टिप्पणी आएको हो ।

पार्टीको सचिवालय र स्थायी समितिको बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गर्ने निर्णय गरेको भए पनि मन्त्रीहरुले सो निर्णयलाई चुनौती दिएका छन् । छ सांसदसहित चार मन्त्रीले पार्टी अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै पार्टीको निर्णय कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका छन् ।

उनीहरुले संसदीय दलको बैठक बोलाउने माग गर्दै सम्भवतः दलका नेता नेपाललाई नै हटाउने अनुमान गरिएको छ ।

सचिव भट्टराईले सामाजिक सञ्जालमा आफूले पार्टी विभाजन नगर्न नेता नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहिभन्दा पनि वहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जानेछ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको बताउनुभएको छ ।

“हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्माबोध र पश्चाताप : सिर्फ कहिले ? ”, एमाले सचिव भट्टराईले भन्नुभएको छ ।