११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

वर्तमान सरकारले चोरलाई चौतारी र साधुलाई शूलीमा चढायो: झलनाथ खनाल

वर्तमान सरकारले चोरलाई चौतारी र साधुलाई शूलीमा चढायो: झलनाथ खनाल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकारले चोरलाई चौतारी र साधुलाई शूलीमा चढाएको बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उहाँले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको घटनाप्रति सो टिप्पणी गर्नुभएको हो ।

पर्यटनमन्त्री प्रेम आलेले अध्यक्ष अधिकारीलाई हटाएर विवादित पाइलटलाई नियुक्त गरेको विषयमा उहाँले भन्नुभयो, “यसमा चोरलाई चौतारी, साधुलाई शूली भन्ने उखान मजाले चरितार्थ भएको छ । म अत्यन्त दुखित पनि भएको छु । ”

उहाँले यसमा आफूले मन्त्री आलेलाई दोष नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “यसको सीधा दोष क्याबिनेटलाई नै जान्छ । प्रधानमन्त्री नै मुख्य जिम्मेवार हुनुपर्छ ।”

प्रधानमन्त्रीले गम्भीर परिणाम भोग्नुपर्ने

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका नयाँ मन्त्री तत्काल नियुक्त नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो । नेता खनालले प्रधानमन्त्री देउवा गठबन्धन संस्कृतिअनुसार अघि बढ्न नसकेको आरोप लगाउनुभयो ।

“हाम्रो पार्टीले प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नाम दिएको तीन हप्ता पुग्न लाग्यो । त्यो अहिलेसम्म कार्यान्वयन नहुनु आश्चर्यजनक कुरा हो”, उहाँले भन्नुभयो, “गठबन्धनका प्रमुखले त्यसलाई तदारुकताका साथ कार्यान्वयन नगर्नु हामीलाई अपमान गरे सरह हो । अब गम्भीर परिणाम भोग्नुपर्ने पनि हुन सक्छ ।”

पार्टी अध्यक्षको पनि कमजोरी

उहाँले पार्टीका तर्फबाट नयाँ मन्त्री नियुक्ति नहुनुमा पार्टी अध्यक्ष माधव नेपालको पनि कमजोरी रहेको बताउनुभयो । पार्टी कमिटीले गरेको निर्णय कार्यान्वयन नहुनुको जिम्मा पार्टी अध्यक्ष नेपालले लिनुपर्ने उहाँको भनाइ थियो ।

पार्टीको सचिवालय र स्थायी समितिले नयाँ मन्त्री पठाउन एकमतले निर्णय गरेको भन्दै नेता खनालले अब पोलिटब्यूरो र केन्द्रीय समितिको बैठकले गर्ने निर्णय हेर्न बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी अध्यक्षको हैसियतले माधव नेपालले किन गर्नुभएन भन्ने प्रश्न उठ्छ, उहाँले प्रधानमन्त्रीलाई यथोचितरुपमा भन्नुभएन कि भन्ने कुरा पनि उठ्छ ।”

चार जना मन्त्रीले पार्टीले संस्थागत निर्णय नगरी फिर्ता बोलाएको आरोप लगाएको सन्दर्भमा उहाँले भन्नुभयो, “स्थायी समितिमा मन्त्रीहरु स्वयं सहभागी भएका थिएनन् रु संस्थागत निर्णय भनेको के रु सचिवालयले मन्त्री पठाउँदा संस्थागत हुने, फिर्ता बोलाउँदा संस्थागत नहुने रु यो पार्टीले पालो पुर्याएको हो भन्ने बुझ्नुपर्छ ।”

पार्टीले निर्णय गरेको कुरा कार्यान्वयन नहुनु गम्भीर कुरा हो भन्दै उहाँले पार्टी निर्णय कार्यान्वयन भएन भने पार्टीको औचित्यमाथि ठूलो प्रश्न उठ्ने बताउनुभयो ।

संसदीय दलको नेता हटाउने भए तत्काल एक्सनमा उत्रिनुपर्छ

नेता खनालले पार्टी अध्यक्ष माधव नेपाललाई संसदीय दलको नेताबाट हटाउने कुरा आएको भए पार्टी तत्काल एक्सनमा उत्रिनु पर्ने बताउनुभयो । मन्त्री प्रेम आलेले पार्टीका १८ सांसदले अध्यक्ष नेपाललाई संसदीय दलको नेताबाट हटाउने चुनौती आएको भन्ने प्रश्नमा उहाँले आफूले त्यस्तो हवाई कल्पनाको कुराबारे कुनै टिप्पणी नगर्ने तर साँच्चै चुनौती दिएको भए पार्टी एक्सनमा जानुपर्ने बताउनुभयो ।

उहाँले कुनै व्यक्ति पार्टीमा बस्न चाहन्छ÷चाहँदैन त्यो उसको निजी कुरा भए पनि तर यस्ता काम गर्न खोज्नुको परिणाम के हुन्छ भन्ने बेलैमा सोच्नुपर्ने चेतावनी दिनुभयो ।

सबै स्थानमा उम्मेदवारी दिने, एमालेसँग पनि सहकार्य हुनसक्ने

नेता खनालले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले सबै क्षेत्रमा उम्मेदवारी दिने बताउनुभयो । सत्ता गठबन्धनले एकीकृत समाजवादीलाइ आगामी निर्वाचनमा १० सिट मात्र दिन लागेको भन्ने प्रश्नमा उहाँले सिट भनेको कसैले कसैलाई दान, बकस वा उपहार दिने कुरा नभएको उल्लेख गर्नुभयो ।

“हामी आफ्नो शक्ति र जनतामाथि भरोसा गरेर लड्छौँ । तर गत स्थानीय तहको निर्वाचनमा गठबन्धनमा विश्वास गरेर धोका पायौँ । अब १६५ संघीय निर्वाचन क्षेत्र र ३३० प्रादेशिक क्षेत्रमा समाजवादीका उम्मेदवार खडा हुन्छन्”, उहाँले भन्नुभयो ।

पहिलो प्राथमिकता भनेको आत्मनिर्भरताका साथ लड्ने र सम्भव भएका स्थानम तालमेल पनि गर्ने उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा नेकपा ९एमाले० सँग पनि सहकार्य हुनसक्ने संकेत गर्नुभयो । “म नेकपा एमालेसँग पानी बाराबार गर्नुपर्छ भन्ने ठान्दिनँ । हाम्रो पार्टी कार्यगत एकताका लागि खुला भएर जान सक्छ । अब उहिलेका कुरा गरेर हुँदैन । गठबन्धनमा पनि यो दिने, ऊ दिने होइन । हाम्रो पार्टीको भूमिकाको मूल्यांकन हुनुपर्छ । अब ४० सिट नभए हामी तालमेल गर्दैनौँ ।”

नेपाललाई साम्राज्यवादी नवउपनिवेश बनाउने चलखेल

नेता खनालले एमसीसी, एसपीपी साम्राज्यवादको नवउपनिवेश बनाउने षड्यन्त्रअन्तर्गत आएको आरोप लगाउनुभयो । एमसीसीका जुन जुन सर्तमा फसाइएको छ, त्यसलाई बेलैमा रिभ्यू गर्न सकिएन भने साम्राज्यवादको नवउपनिवेश बनाउने कुरा हुने उहाँको टिप्पणी थियो ।

“पछिल्लो अवधिमा संविधान घोषणा भएपछि जो जो सत्तामा गए, तिनले अमेरिकीलाई स्वागत गर्न र एमसीसी, एसपीपी ल्याएर नेपाललाई सैनिक अखडा बनाउन लागेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “अमेरिकी सेनालाई नेपालको छातीमा मार्च गराउन खोजेका छन् । त्यो आवेदन गर्ने को हो ?”

एसपीपी नलिनु चीनको हितमा

पछिल्लो समयमा एसपीपी नलिने नेपाल सरकारको निर्णयमा चीनले स्वागत गरेको छ । एसपीपीका सन्दर्भमा चीनको धारणाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको होइन भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “एसपीपी नलिनु राम्रै कुरा हो । यसमा छिमेकी देश खुसी हुनु पनि स्वाभाविकै हो ।”

“एसपीपी चीनका लागि संवेदनशील विषय हो । सैनिक साझेदारीको सम्झौता ल्याउँदैनौँ भनेर गरिने निर्णयले उसलाई राहत भयो । चीनविरोधी गतिविधिमा कमी आउने भयो । एक चीन नीति हाम्रो परराष्ट्र नीतिको अंग बनिसकेको छ । हाम्रो भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुनुहुन्न”, उहाँले भन्नुभयो।

उहाँले एसपीपी नलिने सरकारको निर्णय भारत र चीन दुवैको हितमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चीन मात्र होइन, भारत पनि खुसी भएको हुनुपर्छ । भारतले नबोल्नु अर्कै कुरा हो ।”

पश्चिमाले बीआरआईबारे गरे कुप्रचार

नेता खनालले बीआरआईलाई २१औँ शताब्दीको सकारात्मक र गतिशील प्रस्ताव भन्दै नेपालले बीआरआई लिनुपर्ने बताउनुभयो । उहाँले बीआरआई ऋण मात्र हो भनी पश्चिमाहरुले कुप्रचार गरेको आरोप लगाउनुभयो ।

यद्यपि उहाँले नेपालले बीआरआई ऋण वा अनुदान के लिने भन्ने टुंगो नलागेको बताउनुभयो । “हामीले सुरुमा ३५ वटा प्रोजेक्ट बुझाएका थियौँ । उसले वन डिजिटको प्रोजेक्ट माग्यो । हामीले नौ वटा पठायौँ । अब बीआरआईले कुन कुन प्रोजेक्ट लिने हो, त्यो पनि थाहा छैन ।”