काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद बैठकमा अवरोध गर्दै नाराबाजीसहित बैठक चल्न दिएको छैन ।
बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे,– ‘प्रधानमन्त्रीज्यू, संसद् यसरी नै कहिलेसम्म चल्छ ?’
जवाफमा प्रधामन्त्री शेरबहादुर देउवाले – ‘ओलीजीलाई सोध्नुहोला’ भन्दै संक्षिप्त प्रतिक्रिया दिई बाहिरिनुभयो ।
प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ एमाले सांसदहरुले वेल घेरेका थिए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।
सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर सहमतिको प्रयास गरेपनि सहमति जुट्न नसकेपछि बैठक भदौ २९ गते १ बजे बस्नेगरी स्थगित भएको छ ।