१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा बाधक बनेपछि नेपाल एसिया कप छनोट हुन सकेन, युएई फाइनलमा



अ+ अ-

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिँदा युएईले फाइनलमा स्थान बनाएको छ ।

किनरारा एकेडेमी ओभलमा भइरहेको खेल नेपालको इनिङ्स सकिएलगत्तै वर्षाले रोकिन पुगेको थियो ।

नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता रहेको थियो । युएई समूह विजेताको कारण फाइनलमा पुगेको हो ।

युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो ।

आइसिसीको नियम अनुसार नेपाल बाहिरिएको हो । फाइनल शनिबार भएको कारण रिजरभ डे रहेको थिएन । अर्कोतर्फ यसै मैदानमा आज दिउँसो १२ बजेदेखि खेल दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैको कारण नेपाल र युएईबीचको खेल रद्ध भएको हो । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड छन् ।