२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी महिला टी–ट्वान्टीः फाइनल पुग्न नेपाललाई ८२ रनको लक्ष्य



फाईल फोटो
अ+ अ-

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनल अन्तर्गत युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन जोड्यो ।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् । यस्तै, इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन बनाइन् भने खुसी शर्मा १२ रनमा आउट भईन् ।

नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिँदा इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।

अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा स्थान बनाउनेछन् ।