काठमाडौं । एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा जान चाहेका सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
उनीहरुले आफूहरु एकीकृत समाजवादीमा जान चाहेपनि निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
यस्तै न्यायाधीश मीरा खड्काको एकल इजलासले उक्त रिटमा सुनुवाइ गर्दै आयोगसहितका विपक्षीलाई भदौ २९ गते छलफलमा बोलाएको छ ।