१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल प्रवेशका लागि नेपालले युएईको सामना गर्दै



अ+ अ-

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनल अन्तर्गत आज शुक्रबार नेपालले युएईको सामना गर्दैछ ।

मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान ८ः१५ बजे सुरु हुनेछ ।

आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रनेछ ।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाल र युएईबीच यस अघि ३ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुई खेल नेपाल र एक खेल युएईले जितेको छ ।

युएई समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो भने नेपाल समूह ‘बी’को उपविजेता बनेर सेमिफाइनल पुगेको हो ।