१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय प्रशंसनीयः चिनियाँ विदेश मन्त्रालय



अ+ अ-

काठमाडौं । सैनिक सहायतासँग जोडिएको अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनमा नेपालका बारेमा सोधिएको प्रश्नको जवाफमा एसपीपीमा नरहने नेपालको निर्णय स्वागतयोग्य रहेको बताएका थिए ।

उनले भनेका छन्, क्षेत्रीय सुरक्षा, स्थायित्व र समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्न तत्पर छ ।

प्रवक्ता वेनबीनले अगाडि भनेका छन्, ‘रणनीतिक सहकार्यको साझेदार तथा नजिकको छिमेकी मित्रका हिसाबले चीन नेपाल सरकारको निर्णयको प्रशंसा गर्छ । नेपालको स्वतन्त्रता, स्वाधिनता, भौगोलिक अखण्डता र तटस्थ तथा असंलग्न परराष्ट्र नीतिमा अडिग रहने कुराका चीन सँधै समर्थन गर्नेछ ।’

विभिन्न राजनीतिक दल र गुट, सरकार, सेना तथा आम नागरिकले एसपीपी सैन्य रणनीति हिन्द प्रशान्त रणनीति (इन्डो प्यासिफिक स्ट्राटेजी)सँग जोडिएको भन्दै चौतर्फी विरोध भएको थियो । उनीहरुले एसपीपी कार्यक्रम लामो समयदेखि नेपालले अंगीकार गर्दै आएको असंलग्न परराष्ट्र नीति विपरित हुने रूपमा बुझेका छन् ।

नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गरेयता चीन नेपालको विषयमा मौन रहँदै आएको थियो ।