• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन ★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु ★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते

गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मन्डल र मेयर बालेन शाहबीच भेटवार्ता



काठमाडौँ । गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मन्डल र काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।

भेटघाटको क्रममा संघले महानगरपालिकासंग सहकार्य गरी काठमाडौ महानगरपालिकामा ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माण लगायतका विषयमा छलफल भएको संघका अध्यक्ष कुल आचार्यले जानकारी दिए ।

‘मैले ललितपुर महानगरपालिका संगको समन्वयमा संघले शंखमुल पार्क निर्माण गरी ललितपुर महानगरपालिकालाई नै हस्तान्तरण गरेको जानकारी दिएँ। त्यस्तै गत वर्ष नै टेण्डर आब्हान गरी वनाउन लागेको सार्वजनिक शौचालय कलंकी सडक विस्तार गर्दा जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त महानगरपालिकालाई आग्रह गर्ने हामीले बतायौं,’आचार्यले भने।

आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले काठमाडौँ सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न संघ हरदम तयार रहेको बताए।

मेयर शाहले काठमाडौंलाई कला(संस्कृति र सम्पदाको शहरको रुपमा संसारभरि चिनाउन संघलाई आग्रह गरेका थिए । एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउने र व्यवस्थापनका लागि पनि महानगरपालिका सकारात्मक रहेको उनले बताए । उनले ुकुकुर तिहारु लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गरे । गैर आवासीय नेपाली संघको योजनाहरु कार्यान्वयन महानगरपालिकाको सिटी प्लानिङ टीमसंग सहकार्य गर्न एनआरएनलाई आग्रह गरे।

मेयर शाह र उनको टिमसंग सहकार्य गर्न संघ उत्साहित रहेको आचार्यले बताए।

उक्त भेटघाट कार्यक्रममा एनआरएनए युरोप संयोजक चिंतामणी सापकोटा, एनआरएनए आईसीसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक रमेश काफ्ले लगायत एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो।