७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बन्दीपुरमा मौलिक पराम्परागत घर संरक्षण

बन्दीपुरमा मौलिक पराम्परागत घर संरक्षण
अ+ अ-

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुर क्षेत्रमा रहेका मौलिक परम्परागत घर संरक्षण गर्न थालिएको छ । नमूना सहरको रुपमा ख्याती कमाएको यो क्षेत्रको परम्परा जोगाइ राख्न बन्दीपुर गाउँपालिकाले मौलिक घर संरक्षणलाई प्राथामिकता दिँदै आएको हो । आधुनिक घरले मौलिकता गुमाउने हुँदा त्यस्ता घर निर्माणमा प्रतिबन्ध लगाइ परम्परागत घरको जगेर्ना गर्न थालिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

बन्दीपुरका परम्परागत घरमा काठका बुट्टा भएका झ्याल, ढोका, तथा बरण्डा, इँटा बाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आर्कषण आर्कषण बनेको छ । अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवार समुदायले भक्तपुरे शैलीका घर र ढुङ्गा विच्छ्याएको बाटो निर्माण गरेका थिए । यहाँ घर बनाउनेलाई सटर तथा च्यानलगेट राख्न र आल्मुनियमका झ्यालढोका राख्न प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।

सालको काठ महँगो पर्ने भएकोले सामुदायिक वनसँग सहकार्य गरी शुलभदरमा काठ खरिद गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । परम्परागत तरिकाले घर बनाउन चाहनेलाई सामुदायिक वनबाट काठ खरिदका लागि गाउँपालिकाले पत्र लेखी पाँच गुणा सस्तोमा काठ खरिदको व्यवस्था मिलाइएको छ । च्यानलगेट राख्ने, सटर राख्नेजस्ता नियम विपरीत घर बनाउनेका नक्शापास रोकिदिने गरिएको छ । पर्यटकीयस्थल भएकोले मौलिक घरले व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने हुँदा सहुलियत दरमा काठ खरिदको लागि व्यवस्था मिलाइएको हो । अध्यक्ष थापाले भन्नुभयो,“बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै नयाँ घर बन्ने क्रम पनि बढ्दै गएको छ । बन्दीपुरबाट धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खलाका सयौंँ चुचुरो सजिलै देखिन्छ ।” प्रमुख आर्कषण मौलिक घरका अतिरिक्त विभिन्न जातजातिको कला, सस्कृति, ढुङ्गा विच्छ्याइएका बाटा, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, शहीदपार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, प्याराग्लाइडिङ आदि हुन् । बन्दीपुरबाट आधाघण्टा ओरालोमा एशियाकै ठूलो मानिने सिद्ध गुफा अवलोकन, मस्र्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्याङ आरोहण र मनोरम दृश्यले पर्यटक आकर्षित हुने गर्छन् ।

यहाँ करोडौँको लगानीमा ठूला ठूला रिर्सोट बन्ने क्रम बढिरहेको छ । काठमाडौँ घर भई हाल बन्दीपुरमा पर्यटन व्यवसाय गर्नुभएका विकास श्रेष्ठले काठमाडौँबाटै आँखीभ्mयाल, बट्टे ढोका झिकाएर करिब रु १८ करोडको लगानीमा नयाँ रिर्सोट निर्माण गरी सञ्चालनमा ल्याइसकिएको बताउनुभयो । बन्दीपुरको पहिचानको संरक्षणमा टेवा पु¥याउनका लागि महँगो भए पनि मौलिक घर बनाइएको उहाँको भनाइ थियोे ।