काठमाडौं । ग्लोबल आइएमई बैंकले ४ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
जसका लागि बैंकले हालै रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ दिएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने रेटिङ प्रदान गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा यसले ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ भने बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ ।