२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् प्रतिकार्य सिमुलेशन ‘अभ्यास मनसुन–२’ सञ्चालन



file photo
अ+ अ-

जाजरकोट । वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनिकरण, रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न अभ्यास गरिएका छन् ।

विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना र अन्य सुरक्षा निकायको सक्रियता उक्त विपद् प्रतिकार्य अभ्यास गरिएको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले जानकारी दिनुभयो । भेरी नगरपालिका–११ मटेलामा विपद् प्रतिकार्य सिमुलेशन ‘अभ्यास मनसुन–२’ सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

भविष्यमा आइपर्ने प्राकृतिक एवं मानव सिर्जित विपत्ति एवं दुर्घटनामा परेकाको खोज, उद्धार, उपचार एवं राहत वितरणकार्य समन्वयात्मक र असरदार ढङ्गबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यसहित जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको आयोजनामा सबै सुरक्षा निकाय र सरोकारवालाको सहभागितामा उक्त अभ्यासको आयोजना गरिएको थियो ।

उक्त अभ्यासमा चन्दननाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिरोमा फसेका व्यक्ति तथा उनीहरूको भौतिक सम्पत्ति र बाढीमा फसेका ब्यक्तिको खोज तथा उद्धार गरी सुरक्षित स्थानमा लैजाने तथा बिरामी एवं घाइतेको प्राथामिक उपचार गरी स्वास्थ्यचौकी एवं अस्पताल लैजानेसम्मको प्रदर्शन प्रस्तुत गरेको थियो ।

सो गणले गत वर्ष पुस र चैत महिनामा यसै प्रकृतिका दुईवटा विपद् प्रतिकार्य अभ्यास सञ्चालन गरिसकेको छ । मनसुनपूर्व सुरक्षा निकाय, स्थानीय निकाय, रेडक्रस र स्वास्थ्य संस्था सम्मिलित गराई भएको यस ‘मनसुन–२’ विपद् प्रतिकार्य अभ्यासले विपद्को समयमा समन्वयात्मक ढङ्गबाट कार्यसम्पादन गर्न सहयोग पुग्ने गणपति गोतामेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले सबै सुरक्षा निकायहरूको सहकार्यमा सम्पन्न अभ्यासले भविष्यमा विपद् उद्धार कार्यमा काम गर्न सहज हुने बताउनुभयो । दुई वर्षअघि बारेकोट गाउँपालिका–४ स्थित सार्कीटोलमा भएको घटनामा समेत सेना नै अगाडि पुगेर उद्धार गरेको थियो । विपद्को समयमा रात्रिकालीन अवस्थामा पनि हेलिकोप्टर ल्याण्ड गर्न मिल्ने हेलिप्याड निर्माण गरेको सेनाले सबै खालका विपद्को समयमा अग्रमोर्चामा काम गर्दै आएको छ । भेरी नगरपालिकाको जगतीपुरमा गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री र स्थानीयलाई कपडा वितरण गरी चिसोबाट जोगाउने कामसमेत सेनाले गरिसकेको छ ।