२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनाधिकृत सेवा लिएको अभियोगमा मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले अनाधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा तनहुँको साविक घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित छ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार दशैँ खर्च परिषद् तयारी खर्च भनी अनाधिकृत सुविधा लिएको, परिषद्को निर्णय बिना नै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यैदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको पाइएपछि गाविस सचिव न्यौपाने विरुद्ध रु एक लाख ४७ हजार ३६४ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको हो । यस्तै, आयोगले तत्कालीन इन्जिनियर शुकदेव अधिकारी विरुद्ध रु ६३ हजार ७५०, तत्कालीन योजना अधिकृत गणेश घिमिरे विरुद्ध रु ६३ हजार ७५०, तत्कालीन इन्जिनियर तीर्थराज ढुङ्गाना विरुद्ध रु ७२ हजार २५० बराबरको बिगो दाबी गरिएको छ । यस्तै, लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनाललाई भने कानुनअनुसार कारवाहीको माग गरिएको छ ।

यस्तै आयोगले नदीजन्य पदार्थको उत्खनन् तथा निकासीको ठेक्कामा राजश्व छली गरेको अभियोगमा नवलपरासी (बर्दघाट पश्चिम) मा कार्यरत एसआरडी कन्ट्रक्सन प्रोपाइटरहरू रमेश पराजुली र सन्दीप केसी विरुद्ध रु ७५ लाख ८० हजार ६४९ बराबरको बिगो कामय गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । उनीहरूले फर्जी बिल प्रयोग गरी राजश्व छली गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।