५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगर प्रमुख धनराज आचार्यले आजको नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा पर्यटनलाई नै केन्द्रबिन्दुमा राखिएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँग माग गरिसकिएको अवस्थामा पर्यटकको बसाई लम्ब्याउन सकिने गरी व्यवसाय प्रवर्द्धन गरिने जनाइएको छ ।

यस्तै, पोखरा बसपार्कलाई पोखरा ३२ लामे आहालमा स्थानान्तरण गर्ने र हालको बसपार्कलाई ‘सिटी बसपार्क’ का रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने महानगरको आगामी वर्षको नीति छ ।

प्लस टु तह अध्ययन सकेका युवा लक्षित कार्यक्रम ल्याउने महानगर प्रमुख आचार्यले बताए ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/06/pokhara-mahanagar-NEETI-pdf.pdf” title=”pokhara mahanagar NEETI pdf”]