२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदै



सर्वाेच्च अदालत
अ+ अ-

काठमाडौँ । आज संवैधानिक इजलासमा संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले संवैधानिक नियुक्तिविरुद्ध रिट दायर गर्नुभएको थियो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन भएको छ ।

अधिवक्ता अर्यालले २०७७ मंसिर १ गते र वरिष्ठ अधिवक्ता त्रिपाठीले मंसिर २ गते अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरेर विभिन्न संवैधानिक नियुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

उहाँहरुले अध्यादेशबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याइएको र त्यसैका आधारमा नियुक्ति भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।

सो मुद्दामा वादीले अन्तरिम आदेशको माग गरेका थिए तर अन्तरिम आदेश जारी नहुने आदेश दिइएको थियो । संवैधानिक नियुक्ति लिई विपक्षी बनाइएका सबैलाई म्याद तामेल गर्ने गरी कारण देखाउ आदेश जारी मात्र जारी भएको थियो ।

सो म्याद तामेली गर्ने समय सकिएपछि बुधबारको संवैधानिक इजलासमा सो रिटमाथि सुनुवाइको मिति निर्धारण गरिएको हो ।