१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले फुटेको होइन, पिलो फुटेर पिप बगेको हो : पृथ्वीसुब्बा



अ+ अ-

कास्की । एमाले केन्द्रीय कमिटी सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेकाले कार्यकर्तालाई चिन्ता नलिन पनि आग्रह गरेका छन्। 

आइतबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले भने, ‘पार्टी फुटेको होइन, एमालेमा भएको पिलो फुटेकोमात्रै हो। माओवादी केन्द्रसँगको एकता टुटेपछि एमालेमा उत्पन्न भएको पिलोको पिप फुटेर गएको हो। अब सन्चो भएको छ। नेकपा एमाले स्वच्छ बन्छ।’

गण्डकीमा १ हजार ७ सय ६० मध्ये ३८ जना पिलोको पिप भएर बगेर गएको उनको भनाइ थियो। विभिन्न पदको लोभ देखाई झुक्याएर एकीकृत समाजवादीमा लागेकाहरु भन्दै उनले फेरि आफ्नै घरमा फर्किने विश्वास व्यक्त गरे। 

एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले आगामी निर्वाचनमा जितेर एमाले फेरि पनि सरकार बनाउने र विकास तथा समृद्धिको नेतृत्व गर्ने दाबी गरे। उनले भने, ‘ एमाले कम्युनिस्ट आन्दोलन र राजनीतिको प्रमुख धारसँगै नेपालको विकासको अभियन्ता पनि हो। सिद्धान्त र उद्देश्यबिनाको नेकपा एसले हामीलाई केही असर गर्न सक्दैन।’