२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरजु भइन् क्षेत्रीय प्रतिनिधि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पत्नि आरजु राणा देउवा वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेकी छन्। विवादबीच सम्पन्न भएको वडा अधिवेशनमा देउवा पत्नि राणा क्षेत्रीय प्रतिनिधि बनेकी हुन् । क्रियासिल सदस्यको बिषयलाई लिएर डडेल्धुरामा विवाद छ । 

राणा विवादबीच गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन् । यो वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र आरजुका एक मात्र सन्तान जयवीरसिंहको पनि नाम छ।

तर जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुने भएका छन्। जयवीरसिंहले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारीमा आकांक्षा पनि राखेका थिएनन्।

वडा सभापतिमा भने ज्ञानुकुमारी सेठ्ठी भएकी छन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको भट्टले जानकारी दिए।

सभापति देउवाको क्रियाशील सदस्यता भने केन्द्रबाटै रहेको उनले बताए। डडेल्धुरामा क्रियाशील सदस्यतामा देखिएका विवादबीच वडा अधिवेशन भएका थिए।

यहाँ जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशनमा भाग लिएका थिएनन्। जिल्लाबाट पठाएको क्रियाशीलको नाम हटाएर केन्द्रबाट नाम थप गरेको मल्ललगायत उनी पक्षले बताइरहेका छन्।