९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर आज मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना



अ+ अ-

काठमडौं । देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । “अब मनसुनको समय सकिन केही समय मात्र बाँकी रहेकाले मनसुन विस्तारै कमजोर हुदै जाने क्रममा रहेको छ”, मौसमविद् अर्यालले भन्नुभयो । 

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भूभागमा आंशिक बदलीका साथै गण्डकी, कर्णाली र सुदूरपीश्चम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । राति देशभर सामान्य बदली भई केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम ३० दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री र सबैभन्दा धेरै सिमराको अधिकतम तापक्रम ३६ दशमलव शुन्य डिग्री सेल्सियस छ ।