७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

वायुसेवा सञ्चालक संघले बुधवारबाट उडान सेवा बन्द गर्ने

वायुसेवा सञ्चालक संघले बुधवारबाट उडान सेवा बन्द गर्ने
अ+ अ-

काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले बुधवारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपत्कालीन उडान सेवा बन्द गर्ने भएको छ ।

मंगलवार काठमाडौंमा आायेजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । वायु सेवा सञ्चालक संघ, नेपालले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ, पार्किङ, नेभिगेशन लगायतका सम्पूर्ण शुल्कवृद्धि फिर्ताको माग गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको श्रृजित समस्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले पनि संघले गरेका गुनासाप्रति उदासिन भएको भन्दै आपत्कालीन उडान सेवा बन्द गर्ने जनाएको छ ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई जहाज सञ्चालक कम्पनीले तोकिएको आधार (अप्रेटिङ बेस) विमानस्थलमा रात्री बिसान गरी पहिला उडान सोही विमानस्थलबाट गर्ने र हेलिकोप्टर कम्पनीले पनि तोकिएको आधार विमानस्थलमा विसान गरी पहिलो उडान सोही वमानस्थलबाट गर्ने निर्णयप्रति आपत्ति जनाएको संघका प्रवक्ता योगेन्द्र कँडेलले बताउनु भयो । उहाँले यो निर्णय सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आउने समस्याप्रति बेवास्ता गरिएको पनि बताउनु भयो ।

प्रवक्ता कँडेलले प्राधिकरणको यस निर्णयका कारण वायुसेवा कम्पनीबाट प्रदान गरिने सेवामा समस्या र निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने बताउनु भयो । संघले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड मर्मत, सम्भारका लागि ह्यांगर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

उहाँले भन्नुभयो, ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड मर्मत, सम्भारका लागि ह्यांगर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनु पर्ने ।

मिति २०७९ असार ५ गतेको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रेस विज्ञप्तीमा उल्लेखित आधार (अप्रेटिङ बेस) को प्रावधानहरु हवाईजहाज तथा हेलिकोप्टर दुवै विमान सेवा कम्पनीहरुको हकमा कागज गरी हालसम्म भइरहेको व्यवस्थाअनुसार त्रि.अ.वि. लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमान सेवा कम्पनीहरुले बिना अवरोध सेवा यथावत सञ्चालन गर्न पाउनुपर्ने ।

नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल, नागरिक उड्डयन प्राधिकरण, एकै निकायबाट भइरहेको कारण युरोपियन एभिएशन्स सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सुचीमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहसनहस भइरहेकोले नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनको लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशीघ्र पहल गरिनुपर्ने ।

त्रि.अ.वि. परिसरमा नियमानुसार त्रि.अ.वि.बाट स्व्ीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाई सेवाका लागि प्रयोग गरिरहेको स्थान तथा संरचनालाई यथावत राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने ।’

संघ अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको एभिएशन इण्डस्ट्रीले आफ्नो बेनिफिटभन्दा माथिको सेवा दिएपनि सरकार र प्राधिकरणले इतिहासमै पहिलोपटक दमनकारी प्रवृति देखाएको आरोप लगाउनु भयो । उहाँले प्राधिकरणले भनेका कुराहरुलाई मान्दा पनि ट्रक, टेम्पो व्यवसायी गरेजस्तो व्यवहार वायुसेवा सञ्चालकसँग गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको एभिएशन इण्डस्ट्रीले आफ्नो बेनिफिटभन्दा पनि माथि उठेर आफ्नो व्यवसायलाई सेवाको हिसावले अघि बढाउन दत्तचित्त भएर लागि परिरहेका छौँ । आज यसलाई नेपालको सिभिल एभिएशन इण्डस्ट्रीको इतिहासमै पहिलोपटक दमनकारी प्रवृति देखापरेको छ । नेपाल सरकार र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भनेका कुराहरुलाई हामीले मान्दामान्दै पनि कुनै एउटा ट्रक, टेम्पो व्यवसायीले गरेको जस्तो व्यवहार हामीलाई भयो । यो व्यवसाय त्यस्तो होइन । पोखरा र भैरहवामा रहेको विमानस्थलको घाटालाई पूर्ति गर्न नागरिकमाथि भारी बोकाइएको छ ।’

अध्यक्ष थापाले पोखरा र भैरहवामा रहेको विमानस्थलको घाटालाई पूर्ति गर्न नागरिकमाथि भारी बोकाइएको आरोप लगाउनु भयो । संघले हालसम्म भइरहेको व्यवस्थाअनुसार त्रि.अ.वि. लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमान सेवा कम्पनीहरुले बिना अवरोध सेवा यथावत सञ्चालन गर्न पाउनुपर्ने, नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनको लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशीघ्र पहल गरिनुपर्ने र त्रि.अ.वि. परिसरमा नियमानुसार त्रि.अ.वि.बाट स्व्ीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाई सेवाका लागि प्रयोग गरिरहेको स्थान तथा संरचनालाई यथावत राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने माग राखेको छ ।