• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ: उपाध्यक्ष घिमिरे ★   लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ ★   ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला ★   गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई ★   शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा ★   वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री अर्याल ★   दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या ★   टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै ★   जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन: प्रकाशशरण महत ★   प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला

शून्य समय: महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले मुलुकमा पट्रोलियम पद्धार्थलगायतको चरम मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद मीना सुब्बाले महँगी बढ्दै गएर चरम उत्कर्षमा पुगेर पेट्रोलियम पद्धार्थ, चामल, दाल, तेललगायतको मूल्य अत्यधिक बढेको तर महँगी नियन्त्रण गर्न सरकारको ध्यान नभएकोप्रति ध्यानाकर्षण गराउनुभयो । सांसद मायादेवी न्यौपानेले महँगीका कारण जनताको चुलो चिसो बनाएको तर सरकारले त्यसप्रति ध्यान नदिएको भन्दै मूल्यवृद्धिप्रति पुनर्विचार गर्न आग्रह गर्नुभयो ।

सांसद मोहन बानियाँले मुलुकमा छ वर्षयताकै उच्च मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सामुदायिक विद्यालयलमा समयमा पाठ्यपुस्तकको अभाव हुँदा अझै पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भानुभक्त ढकालले प्रदेशका मन्त्रीले सरकारी गाडीको दुरुपयोग गरेको तर सरकारले त्यसतर्फ खोजी नगरेको उल्लेख गर्नुभयो ।

सांसद रेखाकुमारीले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अपरिचित व्यक्तिलाई भित्र पठाउनुभएको बुझिएकाले सिसीटिभी क्यामेरामार्फत ती व्यक्तिलाई सार्वजनिक गर्न माग गर्नुभयो । सांसद रामबहादुर विष्टले धितो कारोबार धरासयी बन्दै जाँदा साना लगानीकर्ता जोखिममा परेको र सेयर कारोबारमा लगानी गर्नेलाई प्रोत्साहन गर्न त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भीमसेनदास प्रधान, योगेश भट्टराई र राजेन्द्र गौतमले वर्षाका कारण देशको विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार, राहत र क्षतिपूर्तिका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद रेखा शर्माले नागरिकता ऐन संसद्मा अड्किएर बस्नाले धेरै नेपाली नागरिकताविहीन भएकाले सबैको सहमतिमा उक्त ऐन अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।