१७ असार २०८३, बुधबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालमा बहिरङ्गको समय बढाइने



अ+ अ-

भरतपुर  । चितवनको भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइने भएको छ । आगामी असोज एक गतेदेखि अस्पतालले बिहान ९ बजेदेखि नै बहिरङ्ग सेवा सुरु गर्न लागेको हो ।

यसअघि अस्पतालले बहिरङ्ग सेवा बिहान १० बजेदेखि तीन बजेसम्म दिँदै आएको थियो । “अब बिहान एक घण्टा सेवा थप गर्न लागेका छौँ”, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पोडेलले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि ११ बजेसम्म काटिँदै आएको टिकट अब दिउँसो १२ बजेसम्म काटिने भएको छ । 

बहिरङ््ग सेवामा बिहान एक घण्टा र टिकट काउण्टरमा दिउँसो एक घण्टा थप गर्न लागिएको पौडेलले बताउनुभयो । अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले बहिरङ्ग सेवाको समय बढाइएको उहाँको भनाइ छ । सङ्घीय अस्पताल भरतपुरमा ६०० श्यया छन् । चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । एकै दिनमा दुई हजार जनाले बहिरङ्ग सेवा लिएको तथ्याङ्क छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले लामो समय पालो कुर्नुपर्ने अवस्थालाई व्यवस्थापन गर्ने विषयमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीको चाप बढ्दा सेवाग्राहीले घण्टौँं कुर्नुपर्ने समस्या छ ।” यसबाट कोरोना सङ्क्रमण फैलिनसक्ने जोखिम कम हुने अधिकारीले बताउनुभयो । अस्पतालमा निजी सामाजिक सङ्घ संस्थाको सहयोगमा हरेक सोमबार सरसफाइ गरिँदै आएको छ ।