३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नियमित योगले राष्ट्रसेवक कर्मचारीमा ऊर्जा प्रदान गर्ने’



अ+ अ-

काठमाडौँ । गृहमन्त्री खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर्जा प्रदान गर्ने बताउनुभएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले हल्चोकस्थित रङ्गशालामा आयोजना गरेको कार्यक्रममा उहाँले नियमित योगाभ्यासले स्फूर्ति प्रदान गर्ने हुँदा यसको अभ्यास गर्ने सुरक्षाकर्मीमा शान्ति र सुव्यवस्था कायम गर्न मनोबल वृद्धि हुने उल्लेख गर्नुभएको हो ।

विज्ञान र प्रविधिको विकासको गतिसँगै मानिसको जीवन झन व्यस्त हुँदै गइरहेकाले जीवनयापनमा सहजता ल्याउन योगले मद्दत पु¥याउने बताउँदै गृहमन्त्री खाणले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाइराख्न मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो ।‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर आज मनाइएको आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनिता अर्याललगायतको सहभागिता थियो ।




भर्खरै