५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिन नेपाली कांग्रेसको माग



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिन माग गरेको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँग विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिन माग गर्नुभएको हो ।

भेटपछि महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीको नोट चल्ने मात्र नभई भोट पनि चल्ने बनाउनुपर्ने बताउनुभयो । यसअघि आयोगका पदाधिकारीहरुले सोमबार महामन्त्रीद्वयले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी विदेशमा रहेका नेपालीका लागि मताधिकारको कुरा राख्दा प्रधानमन्त्री देउवाले सो सम्बन्धमा कानून निर्माणमा सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।

मंगलबारको भेटमा निर्वाचन आयोगका पदाधिकारीहरुले सर्वोच्च अदालतको आदेशअनुसार केही दिनमै सोसम्बन्धी कानूनको मस्यौदा सरकारलाई दिने बताए । पदाधिकारीहरुले विदेशमा रहेका नेपालीलाई प्रत्यक्षभन्दा पनि समानुपातिकतर्फ मताधिकार दिँदा तुलनात्मकरुपमा सहज हुने बताएका थिए ।

पदाधिकारीहरुले विदेशमा रहेका नेपालीलाई मताधिकार दिँदा निर्वाचनसम्बन्धी अहिलेको कानूनमा पाँच स्थानमा संशोधन गर्नुपर्ने बताए ।

महामन्त्रीद्वयले सरकारसँग कानून निर्माणका लागि कुरा गर्ने बताउँदै कानूनमा संशोधन नहुँदै विदेशमा रहेका नेपाली मतदानको बेला नेपाल आइपुग्दा उनीहरुको नामावली संकलन गर्न आग्रह गरे ।

निर्वाचन आयोगले पनि आगामी साउन १ गतेदेखि विदेशमा रहेका नेपालीको नाम संकलन गर्ने बताएको छ । महामन्त्रीद्वयले भेटमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग मतदाता नामावली संकलनलाई व्यवस्थित बनाउन पनि अनुरोध गरेका छन् ।