२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र राई नेकपा (एस) प्रदेश संसदीय दलको नेता चयन



अ+ अ-

काठमाडौं । प्रदेश १ प्रदेशसभा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । 

नेकपा एमाले विभाजित भई बनेको नेकपा (एस)को सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले नेता चयन गरेको हो ।

राई नेता चयन भएसँगै नेकपा (एस)ले भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णयसमेत गरेको छ । नेकपा (एस)ले आचार्य सरकारलाई समर्थन नरहेको पत्र सोमबारै प्रदेश प्रमुखलाई बुझाउने पनि बताएको छ ।

जसअनुसार नेकपा एसले समर्थन नगरेपछि आचार्य सरकार अल्पमतमा परेको छ । ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ सदस्यीय कायम छ। एमालेका ५१ सदस्य रहेकोमा १० जना नेकपा (एस)मा गएपछि उसँग अब ४१ सदस्यमात्र भएका छन् । त्यसमध्ये एकजना सभामुख र एकजना निलम्बनमा रहेकाले मतदान गर्न पाउने एमाले सांसदको संख्या ३० मात्र छ ।

यस्तै कांग्रेसको २१, माओवादी केन्द्रको १५ र जनता समाजवादीसँग ३ सिट रहेको छ ।