२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो भूभाग फिर्ता माग्नु अर्घेल्याइँ होइन: ओली



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि फिर्ता माग्नु अर्घेल्याइँ नभएको बताउनुभएको छ ।

उहाँले सुगौली सन्धिपछि पनि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म भोगचलन गरेकाले सो भूभाग नेपालकै भएको बताउनुभयो ।

पूर्वराजदूतहरुसँगको मंगलबार भएको छलफलमा अध्यक्ष ओलीले कुनै एउटा सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बसेको भन्दैमा त्यो भूभाग नेपालको होइन भन्न नमिल्ने बताउनुभयो ।

उहाँले कालापानीमा भारतीय फौज रहेकाले त्यसभन्दा उता लिम्पियाधुरा र लिपुलेकमा नेपालीले प्रवेश गर्नै नसकेको यथार्थ प्रस्तुत गर्नुभयो । “ती भूभाग नेपालको हो भनेर अहिले नेपालीले भन्न नसके पनि केही पछि भन्छन् र भन्नैपर्छ ।”

नेपालले आफ्नो भूभाग फिर्ता चाहियो भन्दा अर्घेल्याइँ नहुने र यसले सम्बन्ध पनि नबिगार्ने उहाँको भनाइ थियो । आफूले भारतीय प्रधानमन्त्रीसँग भएको भेटहरुमा ती भूभागबारे खुलस्त भनाइ राखेको उहाँले बताउनुभयो ।