• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस

आफ्नो भूभाग फिर्ता माग्नु अर्घेल्याइँ होइन: ओली



file photo

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि फिर्ता माग्नु अर्घेल्याइँ नभएको बताउनुभएको छ ।

उहाँले सुगौली सन्धिपछि पनि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म भोगचलन गरेकाले सो भूभाग नेपालकै भएको बताउनुभयो ।

पूर्वराजदूतहरुसँगको मंगलबार भएको छलफलमा अध्यक्ष ओलीले कुनै एउटा सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बसेको भन्दैमा त्यो भूभाग नेपालको होइन भन्न नमिल्ने बताउनुभयो ।

उहाँले कालापानीमा भारतीय फौज रहेकाले त्यसभन्दा उता लिम्पियाधुरा र लिपुलेकमा नेपालीले प्रवेश गर्नै नसकेको यथार्थ प्रस्तुत गर्नुभयो । “ती भूभाग नेपालको हो भनेर अहिले नेपालीले भन्न नसके पनि केही पछि भन्छन् र भन्नैपर्छ ।”

नेपालले आफ्नो भूभाग फिर्ता चाहियो भन्दा अर्घेल्याइँ नहुने र यसले सम्बन्ध पनि नबिगार्ने उहाँको भनाइ थियो । आफूले भारतीय प्रधानमन्त्रीसँग भएको भेटहरुमा ती भूभागबारे खुलस्त भनाइ राखेको उहाँले बताउनुभयो ।