२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभाग गठन गर्ने देउवाको तयारी



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठनको तयारी सुरु गर्नुभएको छ । उहाँले यही असार १० गतेभित्रै विभाग गठनको तयारी सुरु गर्नुभएको हो । नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते छ महिना पुग्दैछ ।

सो दिनअघि नै देउवाले विभाग गठन गर्नुहुने बताइएको छ । किनकी नेपाली कांग्रेसको विधानअनुसार महाधिवेशन सकिएको छ महिनाभित्र विभाग र समितिहरु गठन गरिसक्नुपर्नेछ । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गत पुस १० गते सपथ लिएको थियो ।

यद्यपि पार्टी सभापति देउवाले एकैपटक सबै विभाग नगर्नु हुने जनाइएको छ । सुरुमा सात/आठवटा विभाग गठन हुनेछ । कांग्रेसमा विधानअनुसार २८ वटा विभाग गरहेका छन् । प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने व्यवस्था छ । पार्टी सभापतिले प्रमुख, उपप्रमुख, एक सचिव र सदस्यहरुको नियुक्ति गर्ने विधानमा व्यवस्था छ ।

सोमबार पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति देउवालाई भेटी विभाग गठन गर्न ध्यानाकर्षण गराउनुभएको थियो । उहाँहरुले विभाग गठन, केन्द्रीय समितिको बैठक आह्वान, भ्रातृ संस्था गठनलगायतका विषयमा देउवासँग छलफल गर्नुभएको थियो ।