२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आगलागी, २० लाख मूल्य बराबरको क्षति



अ+ अ-

जनकपुर । जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ ।

सुकरबारी बजार नजिकै मसाला कटेजसँगै टाँसिएर सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट हँुदा सो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बारुणयन्त्र र सुरक्षाकर्मीको प्रयासमा एकपछि आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो ।