१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आगलागी, २० लाख मूल्य बराबरको क्षति



अ+ अ-

जनकपुर । जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ ।

सुकरबारी बजार नजिकै मसाला कटेजसँगै टाँसिएर सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट हँुदा सो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बारुणयन्त्र र सुरक्षाकर्मीको प्रयासमा एकपछि आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो ।